कांग्रेस नेता प्रकाशमान सिंह विजयी


काठमाडौँ – काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यको लागि कांग्रेस नेता प्रकाशमान सिंह विजयी भएका छन् ।

सिंहले १० हजार ९ सय ३६ मत पाए भने निकटतम प्रतिस्पर्धी विवेकशील–साझाका उम्मेदवार रविन्द्र मिश्रले १० हजार १ सय १८ मत पाए ।

वाम गठबन्धनका तर्फबाट उम्मेदवार भएका अनिल शर्माले ५ हजार ३ सय ३६ मत पाए ।

प्रतिनिधिसभातर्फ काङ्ग्रेसको यो पहिलो जित हो ।