पोखरा – कास्की क्षेत्र नं २ को प्रदेश क्षेत्र नम्बर २ काउम्मेद्वार राजकाजी गुरुङ ‘करण’ले बिकासमा सम्झौतानगर्ने कसम खाएका छन् । बिहीबार काहुँमा घरदैलोपछि आयोजित कोणसभामा बोल्दै करणले कसैसँग सम्झौतानगरी दृढ भएर बिकास र समृद्धीको लागि लागिरहने कसम खाएकाहुन् ।
बिगतमा कांग्रेसको जालझेल, षडयन्त्र र चालबाजीमा फस्दा आफूहरु अलमलमा परेकाले यसपटक सबै बाम एक ठामभएर आएको बताउँदै अब त्यस्ता जालझेल, षडयन्त्र र चालबाजीगर्ने कांग्रेसलाई परास्त गरेर बिकासप्रेमी प्रगतिशिल बामगठ बन्धनलाई बिजयी गराउन उनले आग्रह गरे । करणले काहुँबासीको शिक्षा, स्वास्थ्य, सुरक्षातथाबाटोघाटो सुविधाकालागिआफूले योजनाबनाएर कार्यान्वयनगर्ने प्रतिबद्धताजनाए । काहुँमा धरहर पुर्ननिर्माणगर्ने, धर्मकाया बुद्धमण्डला (यशोधरा वाटीका) निर्माणगर्ने, कालिकामाविमा खेल मैदाननिर्माणगरिदिने तथाफर्निचर अभावभएकाले चाँडै पर्याप्त मात्रामा फर्निचर उपलब्ध गराईदिने बचनसमेत करणले दिए । करणले राजनीतिकर्मीलाई राजनीतिगर्न दिनुपर्ने र ब्यापारीलाई ब्यापार गर्न दिनुपर्ने भन्दै जनताले त्यसको न्यायगर्नुपर्ने धारणाव्यक्त गरे ।
कोणसभाअघी करण र रबिन्द्रले फुलबारीको सफामार्गबाट शुरु गरेर चित्लेपानी, काहुँभञ्ज्याङ, रानीबजार, बस्नेतथर, लामिछानेथर हुँदै आदर्शचोकसम्म घरदैलो गरेकाथिए । घरदैलोका क्रममा स्थानियले करणलाई जनताको छोरा भन्दै फुलमाला र खादा लगाई दिएकाथिए । त्यसअघी करणले बिहीबार विहानपोखरा लेखनाथ महानगरपालिका वडानम्बर ८ को शिवालयचोक देखी सिमलचौर क्षेत्रमा घरदैलो गरेकाथिए ।
शुक्रवार खोराको मुखमा वाम गठवन्धनको प्रदेश स्तरीय सभापोखरा
वामगठवन्धन निर्वाचन परिचालनकमिटिकास्कीनिर्वाचन क्षेत्र नं ३ प्रदेससभानिर्वाचन क्षेत्र नं १ को आयोजना मामाछापुच्छ«े गाउँपालिकावडा नं ८ को खोराको मुखमा शुक्रवार वृहतचुनावी सभाहुने भएको छ । सभालाई नेकपा एमालेका केन्द्रीय कमिटिका सचिव पृथ्वीसुव्वा गुरुङ तथामाओवादी केन्द्रकावरिष्ठ नेता देव गुरुङले सम्वोधनगर्ने चुनावप्रचार प्रसार समितिका संयोजक दीपक पौडेलले जानकारी दिए । उक्त सभालाई दुवै पार्टीका केन्द्र तथा जिल्ला स्तरिय नेताहरु तथाउम्मेदवारहरु जगत विक र रामजी वरालले पनि सम्वोधनगर्ने छन् । आसन्नमंसिर २१ गतेको निर्वाचननजिकिएसँगै क्षेत्र नं ३ मा वामगठवन्धनको पक्षमामाहोल ह्वात्तै वढेको छ । सभामा माछापुच्छ«े गाउँपालिकाका ९ वटै वडाहरुवाट जनताहरु आउने र कार्यक्रमको तयारी पुरा भएको प्रचार प्रसार समितिका सदस्य मोहन दवाडीले वताए । वामगठवन्धनको प्रदेश निर्वाचन परिचालनकमिटिले मंसिर १६ गते विहानपोखरा लेखनाथमहानगरपालिकावडानं १,२ र ३ को चुनावीसभाटुँडिखेलमागर्ने भएको छ । सो सभालाई पनि पृथ्वी सुव्वा गुरुङ र देव गुरुङले सम्वोधनगर्ने भएकाछन् ।
कास्की क्षेत्रनं १ प्रदेशसभा १ का बामगठबन्धनका साझा उम्मेदवार दिपककोइराला (रुपक)सुकुम्बासी बस्तीमा पुग्दा एकाएक उहाँका आँखा रसाए । घरदैलो अभियानकै पोखरा ३२ आरधनाटोल लगायतका बस्तीमा पुग्नेक्रममा स्थानीय ज्येष्ठ नागरिकलाई भेटेर दिपकले सुकुम्बासीका समस्याबारे आँफु अवगत भइरहेको जानकारी दिँदै केही समस्याछन् भने अवगत गराउनआग्रह गरेपछि७५ बर्षिय मन बहादुर विकलौरो टक्दै उठेर भन्नु भयो, “हजुरहरु नभएको भए आज हामी दलितहरु बोल्न समेत पाउने थिएनौ” । “दलितको हकअधिकार माओबादीले गर्दानै आएको हो । अब एउटै चाहानभनेको आफ्नै लालपुर्जा भएको घरमा मर्न पाएहुन्थो ।” मन बहादुरले यत्ति भन्न नपाउदै दीपकले विकलाई मुर्सादै “बातपाईले राखेको विषयले म भावुकभएको छु ”। दलित जनजातिकै सवैको अधिकार स्थापीत गराउन युद्ध लडेको स्मरणगर्दे दीपकले भन्नुभयो “अबको लडाई भनेकै सवैको लालपुर्जा सहितको घरहोस् भन्नेहो” । हामी बामगठबन्धन यसमा प्रतिबद्धछौ कोइरालाको भनाई थियो । काग्रेसले कुनै पनिहालतमा सुकुम्बासी, दलित जनजाती महिला ,पिछडिएको बर्गको उत्थानगर्न नसक्ने ठोकुवागर्दे बामगठबन्धनको प्रतिनिधि सभामा सुर्य र प्रदेश सभामा गोलाकार भित्रको हसिया हथौडामा छाप लगाउन आग्रह गर्नुभयो । घरदैलो अभियानमा समानुपातिक उम्मेदवार झलकपाणी तिवारी, गायत्री गुरुङ (कुशम) माओबादी केन्द्रका केन्द्रीय सल्लाहकार कोमनाथ बराल लगायतका नेता कार्यकर्ताको सहभागी रहेको बताएको छ ।
पर्यटकीय क्षेत्र लान्द्रुकवासीले युवा नेता राजीव पहारीको जीत निश्चीतभएको वताएकाछन् । कास्कीनिवार्चन क्षेत्र नं ३(२) प्रदेश उम्मेदवार रहेकापाहारीलाई स्थानीयहरुले सफलताको शुभकामना समेत दिएकाछन् । अन्नपुर्ण गाउँपालिकाका उरी,कुम्रोन डाँडालगाएतकाठाउँमाभएको चुनावी सभातथा घरदैलोमा पहारीलाई स्थानीयले शुभकामानसंगै गुरुङ पोषाक भाङ्ग्रा लगाइदिएका थिए । पर्यटकीय पैदलमार्गको मर्मत ग्रामीण सडकको स्तरउन्तीगर्न सुझाव समेत दिएकाछन् ।पहारीले भने “मतपाईहरुको सेवागर्न आएको हु विद्यालयको शैक्षीक विकास स्थानीय स्तरमाआर्थीक रोजगारी सिर्जनागर्ने कामगर्ने छु” । कसैको पनिअकालमा ज्यानगुमाउन नपर्ने गरी अव गाउँपालिकामै आधुनिक अस्पताल निमार्ण गर्ने प्रतिवद्धता जनाएकाछन् । कार्यक्रममा एमाले नेताहोम वहादुर नेपाली,सुरेन्द्र गुरुङ,आर्शिवादद सुवेदी भरतकोने गुरुङ विवेक देवकोटा लगाएतको उपस्थिती रहेको थियो ।