बार्सिलोना/ प्रबासी नेपाली मञ्च स्पेनले पहिलो पटक क्षेत्रीय कमिटी बिस्तार गरेको छ। मञ्चले पाइसभास्कोमा रहेका नेपालीहरुलाई समेटेर आईतबार बिल्बाउमा क्षेत्रीय कमिटी बिस्तार गरेको हो।
श्याम प्रसाद दाहालको अध्यक्षतामा ५ सदस्यीय पाइसभास्को तदर्थ कमिटी गठन भएको छ। क्षेत्रीय कमिटिको उपाध्यक्षमा रोशन लम्साल, सचिवमा अरुण पौडेल, कोषाध्यक्षमा अनिता गुरुङ र सदस्यमा शैलेन्द्र बस्नेत रहेका छन्।
मञ्चका अध्यक्ष हेम शेर्पाको अध्यक्षतामा सम्पन्न प्रथम क्षेत्रीय भेलाको संचालन निवर्तमान अध्यक्ष तथा संरक्षक दिनेश गुरुङले गरेका थिए। भेलामा गैर आवासीय नेपाली संघ, स्पेनका सचिव तुलसी बहादुर गुरुङ, सल्लाहकार दावा ऋषि श्रेष्ठ, गैर आवासीय नेपाली संघ, स्पेन क्षेत्रीय समिति पाइसभास्कोका अध्यक्ष महानारायण चौधरी, सल्लाहकार दावा शेर्पा लगायतको उपस्थिति रहेको थियो।
मञ्चले म्याड्रिड, बेनिड्रोम,मायोर्का, ग्रानकानारिया लगायत अन्य शहरहरुमा पनि क्षेत्रीय कमिटी गठन गर्ने भावी कार्य योजना रहेको अध्यक्ष शेर्पाले जानकारी दिए ।