एसियाली बैंकको सहायता रकम स्वीकार गर्ने सरकारको निर्णय


काठमाडौं – नेपाल सरकारले शहरी विकास तथा आधुनिकीकरणका लागि एसियाली विकास बैंकको सहायता रकम स्वीकार गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकारको अनुरोध अनुसार, शहरी विकास तथा आधुनिकीकरणका लागि एसियाली विकास बैंकले सहायता वापत दिने भनिएको १ सय ५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने निर्णय गरेको हो ।

 

बैठकले सरकारका नियममित प्रशासनिक केही निर्णय पनि गरेको जानकारी अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दिए ।