पोखरा – संघीय समाजवादी फोरम नेपालका राजनीतिक समितिका सदस्य तथा तमुवान इञ्चार्ज गणेशमान गुरुङले सत्ता कब्जा गरी हालीमुहाली गर्न गठबन्धनहरुको बनेको बताउनुभएको छ । संघीय समाजवादी फोरम कास्की क्षेत्र नं. ३ को चुनावी प्रचारप्रसारकै क्रममा अन्नपुर्ण गाउपालिका वडा नं. १ नाउडाडाचोकमा आयोजित कोणसभालाई सम्बोधन गर्नुहुदै नेता गुरुङले बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन सत्ता कब्जा गरी हाली मुहाली गर्न बनाइएको आरोप लगाउनुभएको हो ।
यदी जनता र मुलुकका लागि उत्तरदायी हुन भने काँग्रेस, एमाले, माओवादी पार्टीका नेताहरुले पटक पटक सत्ता सञ्चालन गरिरहदा किन नेपाल र नेपालीलाई समृद्ध बनाउन सकेन उहाँको प्रश्न थियो ।
क्षेत्र नं. ३ बाट प्रतिनीधि सभा सदस्यका उमेदवार, पुर्व सांसद डिलबहादुर नेपालीले उचित निती र नेताका अभावका कारण मुलुक विकास हुन नसकेको बताउनु भयो । उहाँले नयाँ नेपाल निर्माणको निती र योजनाका साथ स्थापित संघीय समाजवादी फोरमका उमेदवारहरुलाई मसाल चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो ।
निर्वाचन क्षेत्र नं. ३ चुनाव परिचालन समितिका संयोजक पदमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्र नं. ३ प्रदेश १ का उमेदवार सुवेदार तुलबहादुर गुरुङ, समानुपातिक उमेदवार रामबहादुर नेपाली लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
यसैविच अन्नपुर्ण गाउपालिका वडा नं. १ नाउडाडामा चुनाव प्रचार प्रसार गर्नका लागि रवि परियारको संयोजकत्वमा प्रेमबहादुर परियार, नरबहादुर विक, अर्जुन परियार, दिलबहादुर नेपाली, परशुराम नेपाली, नन्दे विक, चुडे परियार, पहले परियार, खड्कबहादुर विक रहेको समिति गठन गरेको छ ।
यसरी नै मसाल चिन्हमा मतदान गर्न आग्रह गर्दै उमेदवारहरु डिलबहादुर नेपाली, सुवेदार तुलबहादुर गुरुङ, रामबहादुर नेपाली, प्रेमराज भण्डारी, तारा नेपाली लगायत प्रचार प्रसार समितिले नाउडाडामा घरदैलो गरेको थियो ।