पोखरा। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) गण्डकी समितिका कार्य समिति सदस्य एनजे सागर शाहलाई पितृशोक परेको छ। उनका पिता भोरजड्ड शाहीको ९६ वर्षको उमेरमा लमजुङको दुई पिप्लेस्थित आफ्नै निवासमा निधन भएको हो।
दोस्रो विश्वयुद्ध वीरताका साथ लडेर दोस्रो साइनिङ स्टार अवार्डसहितका अन्तर्राष्ट्रिय पदक प्राप्त गरेका शाहीले लमजुङको भैरवकाली उच्च मावि स्थापनमा २०३४ सालमा उल्लेखनीय योगदान पु¥याएका थिए।
शाहीका तीन छोरा, दुई छोरी र १४ नातिनानिता र दुई पनाति रहेका छन्। जेठा छोरा तीलक शाही व्यवसायी, माइला छोरा वैदेशिक रोजगारमा रहेका छन् भने कान्छा छोरा ऋषभ फिल्म प्रा.लि. का माध्यमबाट गीत संगीत गायन तथा संगीतकारका रुपमा पोखरामा क्रियाशील रहेका छन्।
यसैबीच अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकी समितिले एक शोक विज्ञप्ति जारी गर्दै शाहीको निधनले संस्थालाई अपूरणीय क्षती पुगेको बताएको छ।
संस्थाका अध्यक्ष दुर्गाबहादुर शाह बाबाद्वारा हस्ताक्षरित विज्ञप्तिमा दोस्रो विश्वयुद्ध लडेर आफ्नो शुरता र वीरता प्रदर्शन गरेका शाहीको निधनले सिड्डो अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज शोकमा डुबेको बताइएको छ।