काठमाडौं – बुधबार राजधानीबाट प्रकाशित भएका राष्ट्रिय दैनिक पत्रिकाहरुले पहिलो पृष्ठमा विविध समाचारहरुलाई प्राथमिकता दिएर छापेका छन् । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा गठबन्धन बनाएर होमिएका एमाले र माओवादी केन्द्रमा सिट बाँडफाँटका लागि झमेला परेको खबरलाई आजका सबैजसो दैनिक पत्रिकाहरुले लेखेका छन् । बाँडफाँटमा सकस परेपछि वाम गठबन्धनले अन्तिम समयमा मात्र नाम सार्वजनिक गर्ने रणनीति बनाएको खबर पत्रपत्रिकामा छ ।
कर्मचारीको स्वेच्छिक अवकाशका लागि मात्रै कम्तीमा २६ अर्ब ४० करोड रुपैयाँ खर्च हुने देखिएको छ । राज्यकोषबाट यतिधेरै रकम एकैपटक दिन नसक्ने भएपछि सरकारले दातृ निकाय गुहारेको खबर पनि आजका पत्रपत्रिकाहरुमा छन् ।
पार्टीको निर्णयविपरीत उम्मेदवारी दिएका बागी उम्मेदवारहरु बार्गेनिङमा लागेको खबरलाई पनि आजका पत्रपत्रिकाहरुले छापेका छन् ।
त्यस्तै चिनियाँ राष्ट्रपति सी माओपछिकै शक्तिशालीलाई पनि आजका पत्रपत्रिकाहरुले लेखेका छन् ।
यसका अलावा नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई मन्त्रालय तान्न आपूर्ति मन्त्री बाधक बनेको, कांग्रेस घोषणापत्रको तयारीमा लागेको लगायतका खबर आजका पत्रपत्रिकाहरुले पहिलो पृष्ठमा महत्त्व दिएर छापेका छन् ।