राजाराम पौडेल,पोखरा- लायन्स क्लव अफ पोखरा विरौटा साझा चौतारीको आयोजनामा बिहिबार भाईटिका तथा देउसीभैलो कार्यक्रम पोखरामा आयोजना भयोे । कार्यक्रममा विरौटा साझा चौतारीका दिदिहरुले लायन्स क्लव अफ पोखरा फेवा वेगनास चौतारीका भाईहरुलाई टिका, माला, ढाकाटोपी लगाइदिए । सो अवसरमा दिदिभाई मिलेर सामुहिक देउसी भैलो खेल्दा कार्यक्रममा रौनकता थपियो ।
लायन्स क्लव इन्टरनेशनल, डिष्ट्रिक ३२५ बि वान नेपालका डिष्ट्रिक गर्भनर धनराज आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै गर्भनर आचार्यले दुई क्लबिच दिदिभाईको सम्बन्ध राखी तिहारको अवसरमा भाईटिका कार्यक्रमको आयोजना गरी सम्बन्धलाई जिवन्तता दिएको प्रशंसा गरे । यसरी गरिएको कार्यक्रमले झिलिमिलि पर्व तिहारको संस्कृतिलाई जोगाउन मद्दत पुग्ने उनले बताए । नेपाली कला र संस्कृतिको जगेर्ना गर्न सबै जुट्नुपर्नेमा उनको जोड थियो ।
लायन्स क्लव अफ विरौटा साझा चौतारीका अध्यक्ष सिता पहारीको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लव अफ पोखरा फेवा वेगनास चौतारीका संस्थापक अध्यक्ष सन्तोष घिमिरे, लायन्स क्लव अफ पोखरा सिर्जना चौतारीका प्रथम उपाध्यक्ष जीत बहादुर थापा गोपाल, लायन्स क्लव अफ विरौटा साझा चौतारीका प्रथम उपाध्यक्ष रजनी कोइराला, सचिव गीता पराजुली, कार्यक्रम संयोजक प्रतिमा आचार्यले लगायतले तिहार पर्वको महत्व तथा दिदि भाईको सम्बन्धको बारेमा बोलेका थिए ।
यी दुई लायन्स क्लवबीच गतवर्ष तिहारको अवसरमा दिदिभाईको सम्बन्ध गाँसिएको थियो । दुवै क्लव लायन्स क्लव अफ पोखरा सिर्जना चौतारी स्पोन्सर गरेका क्लव हुन् ।