काठमाडौं – शनिबार राजधानीबाट प्रकाशित भएका राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषयहरुलाई प्राथमिकता दिएर छापेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट आठ मन्त्री थपेर गरेको मन्त्रिपरिषद् विस्तारलाई सबैजसो दैनिक पत्रिकाहरुले आज लेखेका छन् । निर्वाचन आचारसंहिता उल्लंघन गर्दै देउवाले मन्त्रिपरिषद् विस्तार गरेपछि राष्ट्रपति र प्रधानमन्त्रीबीच टकराबको संकेत देखिएको समाचार पत्रपत्रिकामा छन् ।
प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारले क्रमशः २५ र १५ लाख खर्च गर्न पाउने भएका छन् । यो विषयलाई पनि आजका पत्रत्रिकाहरुले महत्त्वका साथ पहिलो पृष्ठमा प्रकाशित गरेका छन् ।
वाम गठबन्धनबाट नयाँ शक्ति बाहिरिएको खबरलाई पनि पत्रपत्रिकाहरुले छापेका छन् ।
त्यस्तै भारतीय कम्पनीले तयार पारेकाे फास्ट ट्रयाककाे डीपीअार किन्ने मन्त्रिपरिषद्काे निर्णयलार्इ पनि पत्रपत्रिकाहरूले पहिलाे पृष्ठमा स्थान दिएर छापेका छन् ।