ल हेरौ आजका दैनिक पत्रिकाको फ्रन्टपेज


काठमाडौं – आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै दलहरुले गठबन्धन निर्माण गरे पनि बाँडफाँटको सकस देखापरेको छ । वाम र लोकतान्त्रिक दुवै गठबन्धनमा बाँडफाँटको समस्या देखापरेको हो । आज राजधानीबाट प्रकाशित अधिकांश राष्ट्रिय दैनिक पत्रिकाहरुले यो विषयलाई महत्त्वका साथ लेखेका छन् ।

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्यापछि निर्माण व्यवसायीहरु त्रसित बनेका छन् । हत्यालगत्तै अपरिचित व्यक्तिबाट धम्की आउन थालेपछि निर्माण व्यवसायीहरु त्रस्त बनेका हुन् । आजका पत्रपत्रिकाहरुले तारन्तारको फोनले निर्माण व्यवसायी त्रसित भएको लेखेका छन् ।

 

नयाँ परराष्ट्र नीतिको मस्यौदा तयार भएकोदेखि अनशनरत डा. गोविन्द केसी बोल्नै नसक्ने अवस्थामा पुगेको सम्मका खबर आजका पत्रपत्रिकाको पहिलो पृष्ठमा प्रकाशित छन् ।