ल हेरौ आजका दैनिक पत्रिकाको फ्रन्टपेज


काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई हटाउने कदम अघि बढाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सरकारमा सहभागी गराएर माओवादी मन्त्री हटाउने खेलमा लागेको खबरलाई आजका पत्रपत्रिकाहरुले लेखेका छन् ।

त्यस्तै पहिलो चरणको निर्वाचन सार्न सरकारले अनौपचारिक प्रस्ताव गरेको विषयलाई पनि आजका पत्रपत्रिकाहरुले समाचार बनाएका छन् । पत्रपत्रिकाका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीमार्फत यस्तो प्रस्ताव गरेका हुन् । तर, राष्ट्रपतिले निर्वाचन मिति सार्दा गलत सन्देश जाने भन्दै सतर्क गराएकी छन् ।

 

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरकुमार गौचनको गोली हानी गरिएको हत्यालाई आजका सबैजसो दैनिक पत्रिकाहरुले प्रथम पृष्ठमा महत्त्वका साथ छापेका छन् ।

यसका अलावा सरकारलाई राप्रपाले साथ दिएको, अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएको, सरकार पुनर्गठनमा फोरम बाधक बनेको लगायत खबर आजका पत्रपत्रिकाको पहिलो पृष्ठमा अटाएको छ ।