देशलाई आर्थिक रुपमा सवल बनाउनुपर्नेमा मेयर मानबहादुर जिसीको जोड


पोखरा – पोखरा लेखनाथ महानगपालिका रामबजारमा शुक्रबारदेखि पाँचौ रामबजार महोत्सव सुरु भएको छ । महोत्सव उद्घाटन पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले गर्नुभयो ।

महोत्सवको उद्घाटन गदै उहाँले देशलाई आर्थिक रुपमा समृद्ध र समुन्त बनाउन युवाहरुको भुमिका महत्पूर्ण हुने बताउदै देशलाई आर्थिक रुपमा सवल बनाउनुपर्नेमा जोड दिनुभयो । पोखराको रामबजारका युवाहरुको अगुवाईमा गरिएको महोत्सवले यहाँको आर्थिक क्षेत्रमा महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । पोखराको विकास, भौतिक पूर्वाधार, हरियाली शहर निर्माणमा युवाहरुको सहयोग आवश्यक हुने बताउदै क्लबले महोत्सव आयोजना गरेर युवाहरुलाई सतमार्गमा डोर्याउने काम गरेको बताउनुभयो ।

सँस्कृतिको संरक्षण र पर्यटनको प्रबद्र्धन गर्ने लक्ष्यसहित सुरु महोत्सव असोज २८ गतेसम्म चल्ने आयोजक रामबजार यूथ क्लबले जनाएको छ । महोत्सवमा प्रत्येक दिन विहान पतञ्जली योगपिठ नेपालले योगा सिकाउनेछ । जुन निशुल्क रुपमा हुनेछ । त्यस्तै दिउँसोको समयमा लोकदोहोरी गायकगायिकाहरुले माहौल तताउनेछन् भने साँझपख दर्शकले लाइभ म्यूजिकको मज्जा लिन पाउने आयोजकले जनाएको छ । त्यस्तै महोत्सवमा विभिन्न कलाकारहरुको हाँस्य प्रस्तुती पनि रहने क्लबका सचिव राजु आलेले जानकारी दिनुभयो ।