काठमाडौं – बाम गठबन्धन निर्माण भएपछि नेपाली कांग्रेसको नेतृत्वमा बनेको लोकतान्त्रिक गठबन्धनले कार्यदल सदस्यको नाम टुङ्गो लगाएको छ ।
चुनावी तालमेलका बिषयमा छलफलका लागि बनेको कार्यदलमा कांग्रेसबाट विमलेन्द्र निधी र पूर्ण बहादुर खड्का, राप्रपाबाट बुद्धीमान तामाङ, संघीय समाजवादी फोरमबाट रामसाय यादव सिफारिस भएका छन् । राप्रपा प्रजातान्त्रिकबाट विक्रम पाण्डेको नाम आएको छ भने राष्ट्रिय जनता पार्टी र फोरम लोकतान्त्रिकबाट भने कार्यदल सदस्यको नाम आउन बाँकी रहेको जनाइएको छ ।
यी दुई दलबाट कार्यदल सदस्यको नाम आएपछि चुनावी तालमेलका बारेमा कार्यदलले छलफल अगाडि बढाउने भएको छ ।