लेखनाथ उद्योग बाणिज्य संघको नेतृत्वका लागि भण्डारी र भट्टराईको उमेदवारी दर्ता


पोखरा – लेखनाथ उद्योग बाणिज्य संघमा चुनावी सरगर्मी बढेको छ । लेखनाथ उद्योग बाणिज्य संघको ११ औ महाधिवेसन असोज २८ गते हुदै छ । नयाँ नेतृत्व चयन गर्ने भएपछि नेतृत्वका लागी ब्यवसायीहरु आफनो पक्षमा नतिजा पार्न लागेका छन् । निर्वाचन कार्यतालिका अनुसार बुधबार उम्मेदवारी दर्ता भएको छ । लेखनाथ उद्योग बाणिज्य संघको नेतृत्व (अध्यक्ष)का लागी कृष्णहरि भण्डारी र वशन्त मोहन भटराईको उमेदवारी दर्ता भएको छ ।

भण्डारी वर्तमान प्रथम उपाध्यक्ष हुनुहुन्छ भने भटराई दुई कार्यकाल सदस्य पदमा रहेर काम गर्नुभएका भगवती हाईडोपावरका निर्देशक हुनुहुन्छ । भण्डारी र भटराई राजनितिक रुपमा एउटै खेमाका भए पनि संघको चुनावका लागि छुटाछुटै प्यान बनाएर चुनावी मैदानमा उत्रिनु भएको छ ।यस पटक भएको विधान संशोधनले थपिएको वरिष्ठ उपाध्यक्षमा बर्तमान कार्यसमितिका प्रथम उपाध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासंध प्रदेश नं ४ का कोषाध्यक्ष वलराम ढकाल र संघमा लामो समय देखि सदस्य पदमा रहेर काम गरिसक्नु भएकी गितादेवि सुवेदीको उमेदवारी परेको छ । राजनीतिक रुपमा पनि फरक खेमाका ढकाल भण्डारी समुहका हुन भने सुवेदी भटराई समुहबाट उम्मेदवार हुनुहुन्छ ।

यसैगरि प्रथम उपाध्यक्षमा वर्तमान महासचिव छत्रधर आत्रेय र पुर्व कार्यसमितिका सदस्य मेजर रामप्रशाद गुरुङको उमेदवारी परेको छ ।आत्रेयले भण्डारी समुहको प्रतिनिधीत्व गर्नुभएको छन् भने मेजरले भटराई समुहको तर्पmबाट उमेदवारी दिनु भएको हो । यता द्धितिय उपाध्यक्षमा दयाराम तिवारी र बर्तमान कार्यसमितिका सदस्य विनोद श्रेष्ठका विच चुनाव हुने भएको छ ।

संघको महासचिव पदमा बर्तमान उप महासचिव भरतकुमार अधिकारी र बर्तमान कार्यसमितिका सदस्य ऋषिराम जमरकटेल छुटाछुटै प्यानबाट चुनावी मैदानमा हुनुहुन्छ । अधिकारी भण्डारी समुहका हुन्ुहुन्छ भने जमरकटेल भटराई समुहबाट हुनुहुन्छ । त्यसैगरि उप महासचिवमा बर्तमान कार्यसमितिका सदस्य दामोदरभक्त थापा र बर्तमान कोषाध्यक्ष गोपिचन्द्र बास्तोलाको उमेदवारी परेको छ ।थापाले भटराई समुहवाट र बास्तोलाले भण्डारी समुहबाट उम्मेदवारी दिनुभएको छ भने कोषाध्यक्ष पदका लागि बर्तमान कार्यसमितिका सदस्य ,लेखनाथ हाडवर्यस एसोसियसनका सस्थापक अध्यक्ष राजेन्द्र ओझा र पुर्व कार्यसमितिका सदस्य सोमतबहादुुर श्रेष्ठको उमेदवारी परेको छ । ओझा भण्डारी र श्रेष्ठ भटराई समुहका हुनुहुन्छ ।

उमेदवारी मनोनयमा सस्थागत सदस्य तर्फ लेखनाथ हार्डवयर एसोयिसनका अध्यक्ष शैलेन्द्र मोहन भट्टराई र एशोशियट सदस्य तर्फ वाटिका ईन्भेष्टमेन्ट कम्पनी प्रा लीका प्रशान्तराज धमला निर्विरोध निवाचित हुनुभएको छ । संघको विधान अनुुसार सस्थागत सदस्य एक र एशोशियट सदस्य एक जनाको ब्यवस्था भए अनुसार सस्थागत तर्फ शैलेन्द्र मोहन भट्टराई र एशोशियट तर्फ प्रशान्तराज धमलाको मात्र उमेदवारी परेकाले दुुबैजना निर्र्र्र्र्र्र्विरोध हुनुभएको हो ।

विगतका बर्षहरुमा महिलाहरुका लागि एक आरक्षण सिटको ब्यवस्था भएकोमा यस पटक देखि महिला सदस्यको सख्या बढेकाले दुई महिला सदस्य पदका लागि तीन जनाको उमेदवारी परेको छ। जसमा जानुका अधिकारी,लक्ष्मी बास्तोला र राधा सापकोटा रहनु भएको छ । विगतका चुनावमा अध्यक्ष र सदस्य पदका लागि चुनाव हुने र पदाधिकारी अध्यक्षबाट मनोनित गरिने ब्यवस्था रहेकोमा यस पटक सवै पदमा चुनाव हुने भए पछि सदस्य पदमा नयाँ अनुहार बढि रहेका छन् । आठ सदस्य पदका लागि १५ जनाको उमेदवारी परेको छ।

जसमा भण्डारी समुहबाट अशोक बराल,भरतराज ओझा,भिमवहादुर नेपाली काईला,मेनुका श्रेष्ठ,रामजी पौडेल,सरोजराज अधिकारी,शिवप्रसाद भण्डारी र उपेन्द्रराज सुबेदी राजु रहेका छन् भने भटराई समुहवाट धिरज कुमार श्रेष्ठ,गणेश अधिकारी,मधुसुदन कोईराला,महेश्वर आचार्य,रमेशराज पौडेल,रुद्ररमण रेग्मी र सप्तनाथ कुवँर रहेका छन् । सदस्य पदमा उमेदवारी दिने सुवेदी र श्रेष्ठ बाहेक सवै नयाँ अनुहार हुन् ।चुनावी कार्यतालिका अनुसार असोज २१ गते अन्तिम नामवली प्रकाशान,असोज २६ गते उमेदवार परिचय र असोज २८ गते बिहान आठ बजे देखि मतदान हुने निबाचन आयुक्त अधिवक्त खगेन्द्रराज आचार्यले जानकारी दिनुभयो । संघमा हाल एक हजार दुई सय ५५ जना साधारण सदस्य रहेका छन् ।