काठमाडौं – राजधानीबाट मंगलबार प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषयहरुलाई महत्त्व दिएर छापेका छन् ।
सरकारले निर्वाचन आचारसंहिता कुल्चँदै दशैंको मुखमा आफ्ना कार्यकर्ता पोस्न १० करोड भन्दा बढी रकम वितरण गर्न लागेको विषयलाई आजका केही पत्रिकाहरुले लेखेका छन् ।
तीन दिनदेखि मुलुकभरका स्वास्थ्य संस्थाका आकस्मिकबाहेक सेवा ठप्पा पारेका चिकित्सक आन्दोलनलाई अझ सशक्त बनाउन लागेका छन् । चिकित्सक आन्दोलित भएको यो विषयलाई पनि पत्रिकाहरुले ‘कभरेज’ गरेका छन् ।
डा. गोविन्द केसी पुनः अनसन बसेकोदेखि विधेयकमै बार्गेनिङसम्मका खबर आजका पत्रपत्रिकाको पहिलो पृष्ठमा समेटिएका छन् ।