पोखरामा टुर दी पोखरा साइकल र्‍याली सम्पन्न


पोखरा – आन्तरीक तथा बाह्य पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले पोखरामा टुर दी पोखरा साइकल  र्‍याली आयोजना गरियो । साइकल सिटी पोखराको आयोजनामा शनिबार “स्वास्थ्य, वातावरण तथा पर्यटनका लागी साइकल” भन्ने नाराका साथ टुर दि पोखरा आयोजना गरिएको हो ।

र्‍यालीको कानुन न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले उद्घाटन गर्नुभयो । उद्घाटन गदै उहाँले साइकल चढदा वातावरणीय र स्वास्थ्यलाई समेत फाइदा हुने बताउनुभयो । स्वास्थ्यका लागी साइकलको प्रयोग राम्रो हुने र यसले वातावरणीय प्रर्दुषण कम गर्ने बताउदै पर्यटन क्षेत्रमा महत्वपूर्ण हुने बताउनुभयो ।कार्यक्रममा धरान, नेपालगञ्ज, काठमाडौ, कैलाली लगायतका विदेशी सहित गरेर ८ सय बढिको सहभागीता रहेको टुर दि पोखराका संयोजक ईश्वरप्रसाद आचार्यले जानकारी दिनुभयो । जीवन र वातावरण स्वस्थ बनेपछि राष्ट्र स्वाथ्य बन्छ र विकास हुन्छ भन्ने सोंचका साथ साइकल सिटी पोखराले २०७२ सालदेखि टुर दी पोखरा अभियान सुरु गरेको हो ।

२६.५ कि.मी आयोजना गरिएको टुर दि कार्यक्रम पोखरा रगंशालाबाट सुरु भई बृद्धचोक, राम बजार, अमरसिंहचोक, हस्पीटलचोक, रानीपौवा, महेन्द्रपुल, पालिखेचोक, नदिपुर, पृथ्वीनारायाण क्याम्पस, के आई.सिंह पुल, दिप, बाटुलेचौर, लामाचौर, दिप, के आईसिंह पुल, बगर टयाक्सीचोक, मोहरियाटोल, नालामुख, सिद्धार्थचोक, बिपिचोक, न्यूरोड, सभागृहचोक, सृजनाचोक, जिरो कि.मी, हल्लनचोक, लेकसाइड, राष्टबैकचोक, ड्यामसाईड, विरौटाचोक, मुस्ताङचोक, नागढुङगा, पृथ्वीचोक हुदै पूर्न रगंशालामै पुगेर समापन भएको थियो । यात्रामा सहभागीका लागी ६ सय रुपैयाँ र एक सय रुपैयाँ शुल्क राखिएको थियो । जसमा ६ सय तिर्ने साइकल यात्रीले टिसर्ट, मेडल, जुस, पानी र खाजाको सुविधा प्राप्त गर्नुभया भने एक सय रुपैयाँ शुल्क तिर्नेले ती सुविधा प्राप्त गर्न पाउनु भएन् ।