काठमाडौं – स्थानीय तह निर्वाचनसँगै दलहरुले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको आन्तरिक तयारी पनि सुरु गरेका छन् । एमाले र माओवादी केन्द्रमा धमाधम उम्मेदवारको सिफारिस आउन थालेको छ भने कांग्रेसले २ असोजपछि मात्रै तयारी थाल्ने योजना बनाएको आजका पत्रपत्रिकाहरुले लेखेका छन् ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जबाटै मिर्गौलाको अवैध कारोबार भएको पाइएको छ । यसको खुलासा आजका पत्रिकाले गरेको छ ।
रेहिंग्याको पीडालाई पनि आजका केही पत्रिकाहरुले पस्केका छन् । मतदाता शिक्षा प्रभावकारी नभएपछि दल र उम्मेदवारहरु मत बदर हुने चिन्तामा परेको विषयलाई पनि केही पत्रिकाले छापेका छन् ।