काठमाडौं – शुक्रबार राजधानीबाट प्रकाशित हुने राष्ट्रिय दैनिक पत्रिकाहले विभिन्न विषयहरुलाई स्थान दिएका छन् । विशेष गरेर प्रदेश नम्बर २ को निर्वाचन वरपर रहेर आज पनि पत्रपत्रिकाहरुले सामग्री पस्केका छन् ।
पत्रिकाहरुले प्रदेश नम्बर २ का आठ जिल्लामा असोज २ मा हुने स्थानीय तह निर्वाचनमा राजनीतिक दल तथा उम्मेदवारहरुले निर्वाचन आचारसंहिताको धज्जी उडाएको लेखेका छन् । आचारसंहिता उल्लंघनका घटना बढे पनि नियमन गर्ने निकाय भने मौन बसेको पत्रपत्रिकाको ठम्याइ छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारले अधिकतम १५ लाख रुपैयाँ खर्च गर्न पाउने प्रस्ताव गरेको विषयलाई पनि आजका पत्रपत्रिकाहरुले लेखेका छन् । स्थानीय तहमा कर्मचारी पठाउन मन्त्रालयले अटेरी गरेका छन् । याे विषयलाई पनि आजका पत्रपत्रिकाहरुले उठाएका छन् ।