नेपाल स्वास्थ्यकर्मी युनियनको अध्यक्षमा पुन: चन्द्र थापा निर्वाचित


पोखरा –  नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनको अध्यक्षमा पुन: चन्द्र थापा निर्वाचित भएका छन् । “स्वास्थ्य क्षेत्रको सरोकार, सामाजिक सुरक्षा र मर्यादित रोजगार” भन्ने नाराका साथ बिहिबार पोखरामा सम्पन्न तेस्रो राष्ट्रिय अधिबेशनबाट थापा पुन ः आगामी चार बर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । युनियनको उपाध्यक्षमा टि एन रावत महासचिबमा कमला लुईटेल र सचिबमा उमेश गिरीलाई चयन गरिएको छ ।

त्यसैगरी सदस्यहरुमा प्रदेश नम्वर १ बाट कबिता कार्की कडेरिया, प्रदेश नम्वर २ बाट अम्बिकालाल शाह, प्रदेश नम्वर ३ बाट मोहन घिमिरे, पुष्करबाबु त्रिपाठी, अस्मिता पौडेल, राजेन्द्र सिंह ठकुरी र केशब देबकोटा, प्रदेश नम्वर ४ बाट जितेन्द्र पौडेल र मञ्जु आचार्य, प्रदेश नम्वर ५ बाट अनिता थापा, मिन बहादुर कार्की र शुरेस कुमार श्रेष्ठ, प्रदेश नम्वर ६ बाट कुष्माखर बस्याल, प्रदेश नम्वर ७ बाट गणेश चौधरी र बिषेश क्षेत्रबाट भोजराज गौतम, भुमिकला भण्डारी र अनुपा अर्याल निर्वाचित भएका छन् ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को राष्ट्रिय संघ नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनको तेस्रो राष्टिय अधिबेशनमा देशभरका ६३ निजी, सामुदायीक, गैह्रसरकारी र बिशेष ऐन मार्फत संञ्चालित सरकारी स्वस्थ्य संस्थाहरुबाट करिब दुई सय प्रतिनिधि र ३० भन्दा बढि परिबेक्षकको सहभागि रहेको थियो ।

युनियनको बन्द सत्रले सांगठनिक, आर्थिक र अध्यक्षको प्रतिबेदन सर्वसम्मतले पारित समेत गरेको छ । युनियनले बिहिबार पोखरामा पत्रकार सम्मेलन गरेर बन्द सत्रबाट पारित निर्णय र नब निर्वाचित कार्यसमितीको जानकारी समेत गराएको छ । युनियनमा देशभरिका निजी, सामुदायीक, गैह्रसरकारी र बिशेष ऐन मार्फत संञ्चालित सरकारी स्वस्थ्य संस्थाहरुमा कार्यरत करिब ६ हजार मजदुर आबद्द रहेका छन् ।