तरुण दल कास्कीद्वारा विद्यालय पोशाक र स्टेशनरी सामान वितरण


पोखरा –  नेपाल तरुण दल कास्कीले विद्यालय पोशाक र स्टेशनरी सामाग्री वितरण गरेकाे छ ।  पोखरा लेखनाथ महानगरपालिका वडा नं ५ धारापानी मार्गका बाढीपहिरोबाट पिडित भएकालाई एक कार्यक्रमको अायाेजना गरि सामाग्री वितरण गरेको हो । धारापानी मार्गका १६ जना बालबालिकाहरुका लागि स्कुल ड्रेस र स्टेशनरी वितरण गरिएको नेपाल तरुण दल कास्कीका सभापति मनोज गुरुङले जानकारी दिए  ।

कार्यक्रममा तरुणदल पूर्व केन्द्रिय सदस्य ऋषि काफ्ले, तरुण दल पोखरा लेखनाथ महानगरपालिका समिति अध्यक्ष महेन्द्र पुन, पोखरा लेखनाथ महानगरपालिका  वडा न‌ं‍. ४ का सदस्य सुर्वण केसी,  तरुण दल कास्की नेता पुजन थकाली लगायतले अागामी दिनमा पनि तरुण दल जनताको पिडामा साथ दिने बताए ।

नेपाल तरुण दल वडा नं ५ का इकाई सभापति रवि गिरीको सभापतित्वमा भएको कार्यक्रमको संचालन शंकर ढुंगानाले गरेका थिए । बाढी तथा पहिरोपिडितको लागि  तरुण दल कास्कीले एक सांगितिक कार्यक्रम गरि करिब ६ लाख संकलन गरेको थियो । स‌कलित रकम मध्ये मधेशका बाढी पिडितका निम्ति  ३ लाख रुपैयाँ तरुण दल केन्द्रमा पठाइएको थियो भने  कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ५ मा बाढीपहिरो पिडितका लागि एक लाख पचपन्न हजार रुपैया  वितरण गरेको  पोखरा लेखनाथ महानगरपालिका वडा नं‍. ४ का सदस्य समेत रहेका नेपाली काग्रेसका युवा नेता सुवर्ण केसीले जानकारी दिए ।