ल हेरौ आजका दैनिक पत्रिकाको फ्रन्टपेज


काठमाडौं – काठमाडौंबाट आइतबार प्रकाशित भएका राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषयहरुलाई आफ्नो प्राथमिकतामा राखेका छन् । विशेष गरेर प्रदेश २ को चुनावी गतिविधिलाई आज पनि पत्रपत्रिकाहरुले स्थान दिएका छन् । आन्दोलनको उदगमस्थलमै मधेसी दललाई सकस परेकोदेखि प्रमुख पदमा महिलाको उम्मेदवारी न्यून परेकाेलगायत खबरले  आजका पत्रपत्रिका रंगिएका छन् ।

कुनै पनि व्यक्तिले मृत्युपछि आफ्नो सम्पत्ति अर्को व्यक्तिको नाममा हस्तान्तरण हुने गरी ‘इच्छापत्र गरिदिने’ प्रावधानसहित संसद्को विधायन समितिले पारित गरेको विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीदेखि सभामुख ओनसरी घर्तीसम्मको लबिङले अन्तिम समयमा संसदमा रोकिएको छ । यसलाई पनि आजका केही पत्रिकाहरुले समेटेका छन् ।

नयाँ शैक्षिक सत्रका लागि एमबीबीएस तहको भर्ना नजिकिएसँगै शुल्क र सिट संख्या बढाउन चलखेल भएको छ । यो विषयलाई पनि आजका केही पत्रपत्रिकाहरुले पहिलो पृष्ठमा विशेष महत्त्व दिएर छापेका छन् ।