ल हेरौ आजका दैनिक पत्रिकाको फ्रन्टपेज


काठमाडौं – शुक्रबार राजधानीबाट प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषयहरुलाई समेटेका छन् । विशेष गरेर प्रदेश नं. २ मा असोज २ गते हुन लागिरहेको स्थानीय तह निर्वाचनलाई आज पनि पत्रपत्रिकाहरुले विविध जोड–कोणहरुबाट व्याख्या विश्लेषण गरेका छन् ।

पूर्वविशिष्ठ व्यक्तिहरुलाई मासिक लाखौंको सेवा–सुविधा दिने कानुन निर्माण अन्तिम चरणमा पुगेको छ । आजका केही पत्रिकाहरुले सरकारले ल्याएको विधेयकमाथि संसद्का राज्य व्यवस्था समितिमा छलफल चलिरहेको लेखेका छन् । दसैं नजिकिएको र यसको चहलपहल बढेको विषयलाई पनि पत्रपत्रिकाहरुले छापेका छन् ।