काठमाडौं – प्रदेश नम्बर २ मा २ असोजमा हुन गइरहेको तेस्रो चरणको स्थानीय चुनावका लागि उल्लासपूर्ण ढंगले उम्मेदवारी मनोनयन भएको छ । आज राजधानीबाट प्रकाशित सबै दैनिक पत्रिकाले उम्मेदवार मनोनयनलाई प्राथमिकताका साथ लेखेका छन् । पत्रपत्रिकाका अनुसार, ६६ हजार पदका लागि हुन गइरहेको निर्वाचनमा १८ हजारको उम्मेदवारी परेको छ।
काठमाडौं नेशनल मेडिकल कलेजको सम्बन्धन ४२ दिनमै खारेज भएको छ । यो विषयलाई पनि आजका पत्रपत्रिकाहरुले ‘कभरेज’ गरेका छन् ।
८८ केजी सुन तस्करीको विषयलाई आज पनि केही पत्रिकाले लेखेका छन् । भारतकी प्रतिष्ठित पत्रकार गौरी लंकेशको हत्या भएकोदेखि आयल निगम जग्गा खरिदमा संसदीय समितिले निकालेको निष्कर्षलगायतका खबर पत्रपत्रिकामा छन् ।