काठमाडौंको क्षेत्रपाटीबाट ८८ किलो सुन बरामद


काठमाडौ – प्रहरीले काठमाडौंको क्षेत्रपाटीबाट ठूलो मात्रामा सुन बरामद गरेको छ। बा १७ च ६४२७ नम्बरको गाडीमा क्षेत्रपाटीबाट महानगरीय अपराध महाशाखाले ८८ किलो सुन बरामद गरेको एसएसपी दिवेश लोहनीले जानकारी दिए।

गाडी पार्किङ गर्ने स्थानमा सुन रहेको गोप्य सूचना पाएपछि प्रहरीले गए राति १० बजेदेखि नै उक्त गाडीको निगरानी गरेको थियो ।

सोमबार बिहान गाडी चालकले स्टार्ट गर्नासाथ प्रहरी पुगेर नियन्त्रणमा लिएको थियो। स्ट्रोम जीपबाट ८८ किलो सुन बरामद भएको र गाडी चालक मनोज अधिकारीलाई नियन्त्रणमा लिएको एसएसपी लोहनीले जानकारी दिए।

आजको बजार भाउ अनुसार बरामद सुनको मूल्य ४३ करोड ५६ हजार हुन आउँछ। प्रहरीले सुनसँगै १३४ थान आइफोन, सामसुम, ओपो लगायतका मोवाइल र कपडा पनि बरामद गरेको छ ।

उक्त सुन केरूङबाट काठमाडौं भित्रिएको प्रहरीले जनाएको छ। प्रहरीले सुन ल्याएको अभियोगमा एक चिनीयाँ नागरिकलाई पक्राउ गरेको छ।