बार्सिलोना/ प्रबासी नेपाली मञ्च स्पेनले बार्सिलोनामा आज तीज बिशेष कार्यक्रम गर्दै छ। हरेक बर्ष मनाउँदै आएको तीज कार्यक्रमलाई यस बर्ष पनि मञ्चले निरन्तरता दिएको हो। १० दिन अगाडि नै तीज पर्ब गईसकेको भए पनि यस बर्ष मञ्चले ढिलै गरी कार्यक्रमको आयोजना गरेको छ। तर पनि स्पेनमा तीजका लागि लोकप्रिय कार्यक्रम मानिएको हुँदा महिला दिदीबहिनीहरुको उल्लेख सहभागिता रहने अपेक्षा गरिएको छ।
कार्यक्रममा लोकप्रिय गायिका माण्डपीले आफ्ना चर्चित गीत संगीत प्रस्तुत गर्ने भएकी छन्। यस्तै नेपाल लोकदोहोरी प्रतिष्ठान युरोप शाखाकी अध्यक्ष सुमी घिमिरे सापकोटा,गायिका पेम्बा छोटी गोले शेर्पा,लगायत स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने मञ्चले जनाएको छ।
कार्यक्रम बारे बिबरण
- मिति:- ४ सेक्टेम्बर,२०१७ सोमबार
- स्थान:- सिसिलिया हल ३२१
- समय :– अपरान्ह दिउँसो ३ बजेवाट