काठमाडौं – काठमाडौंबाट शुक्रबार प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषयहरुलाई प्राथमिकताका साथ छापेका छन् । आज अधिकांश दैनिक पत्रिकाहरुले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन कहाँ कहिले हुने भन्नेबारे सामग्री पस्केका छन् ।
प्रदेश नम्बर २ मा २ असोजमा हुन गइरहेको स्थानीय तह निर्वाचन आफ्नो पक्षमा पार्न दलहरु सक्रिय हुन थालेका छन् । पत्रपत्रिकाहरुले कांग्रेस र माओवादी चुनावी तालमेलको पक्षमा देखिएको लेखेका छन् ।
निर्वाचन आयोग र सुरक्षा निकायले तेस्रो चरण निर्वाचनका लागि दुई अर्ब रुपैयाँ माग गरेको विषय पनि आजका पत्रिकाहरुमा पढ्न पाइन्छ । निजामति कर्मचारीको काज बेथितिदेखि महिलालाई सेनापति हुन नमिल्ने व्यवस्था सेनाले हटाएको सम्मका खबर आजका पत्रपत्रिकाका पहिलो पृष्ठमा अटाएका छन् ।