काठमाडौं – बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेको छ । यो खबरलाई काठमाडौंबाट प्रकाशित सबैजसो दैनिक पत्रिकाहरुले प्राथमिकताका साथ लेखेका छन् ।
निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रतिवेदन बुझाएको विषयलाई पनि आजका पत्रपत्रिकाहरुले छापेका छन् । आयोगले जनसंख्यालाई पहिलो र भूगोललाई दोस्रो आधार बनाएर क्षेत्र निर्धारण गरेको हो ।
निर्वाचन आयोगले आगामी मंसिर १० र २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बुधबारबाट निर्वाचन आचारसंहिता लगाएको छ । यो खबरलाई पनि पत्रपत्रिकाहरुले आज समेटेका छन् ।