काठमाडौं – आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषयहरुलाई प्राथमिकता दिएर छापेका छन् ।
नेपालको पूर्वाधार विकासका लागि दुई छिमेकी मुलुक भारत र चीनबीच प्रतिष्पर्धा देखिएको खबर आजका पत्रिकामा पढ्न पाइन्छ ।
मंसिरको चुनावी तयारी सुरु भएको र आयोगमा ६४ दल दर्ता भएको विषयलाई पनि आज पत्रपत्रिकाहरुले स्थान दिएर लेखेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको सफलता–विफलताबारेका सामग्री पनि पत्रपत्रिकाका पहिलो पृष्ठमा अटाएका छन् ।
प्रदेश २ मा हुने तेस्रो चरणको स्थानीय निर्वाचनअगावै बाढीपहिरोबाट क्षतिग्रस्त सडक पुल मर्मत तथा पुनर्निर्माण गर्ने जिम्मा सरकारले सेनालाई दिएको छ । यो विषयलाई पनि आजका केही पत्रिकाले समेटेका छन् । यसका अलावा सडक दुर्घटनाको भयाभव अवस्थादेखि आयल निगमको जग्गा खरिदमा भएका घोटालासम्मका खबर पत्रपत्रिकामा छन् ।