देउवाले भारतमा संविधान संशोधनबारे बोल्नु गलत : प्रचण्ड


सुर्खेत – माओवादी केन्द्र का अध्यष पुष्पकमल दाहालले प्रधानमन्त्री शेरबहादुर देउवाले भारतमा संविधान संशोधनबारे बोल्नु गलत भएको बताएका छन् ।

नेपालको आन्तरिक मामिलालाई भारतमा उठाइएको भन्दै उनले आपत्ति जनाए । आजको कान्तिपुर दैनिकमा खबर छ ।

उनले भने,
-संविधान संशोधन नेपालको आन्तरिक मामिला हो ।
-यसलाई संसदले टुंग्याइसकेको छ ।
-फेरी यो विषय उठाइरहन जरुरी छैन ।
-संसदमा विफल भइसकेको विषयवस्तु भारतमा गएर जसरी पनि संशोधन गराउँछु भन्नु गलत हो ।