काठमाडौं – संसदीय समितिका सदस्यहरु विदेशी दातृ निकायको सहयोग प्राप्त कार्यक्रममा सहभागी भई कार्यक्रमसमेत आफैंले चलाइरहेका छन् । ‘मिनी संसद्’का रुपमा परिचित संसदीय समिति मुलुकको ऐन, कानून र नीति निमर्भाण गर्ने प्रमुख थलो हो, तर पछिल्ला दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघ–संस्थाले लगानी गरेर कार्यक्रम चलाइरहेको खबर आजको पत्रिकामा छ ।
पत्रपत्रिकाहरुले आज दुई तहको चुनाव एकैपटक गर्ने गरी तयारी थाल्न प्रधानमन्त्रीले निर्देशन दिएको, पहिरोले रसुवामा सिंगो बस्तीमा क्षति पुगेको, प्रधानमन्त्रीले भदौ ७ गते भारत भ्रमण गर्न लागेको लगायत खबरलाई मुख्य प्राथमिकतामा राखेर लेखेका छन् ।