शुक्रबारदेखि पोखरामा सन्ध्याकालीन बस सेवा सञ्चालन हुने


पोखरा –  पोखरा बस व्यवसायी समितिले शुक्रबार देखि पोखरामा सन्ध्याकालीन बस सेवा सञ्चालन गर्ने भएको छ । राती सम्म यात्रुलाई सेवा दिने उद्देश्यले राती सम्म बस सञ्चालनको गर्न थालेको पोखरा बस व्यवसायी समितिका सचिब अमृत तिमिल्सिनाले जानकारी दिए । उनले अहिले दुई वटा रुटबाट सेवा सुरु गर्ने बताए ।

सेवा ग्राहीको माग बढ्दै गएमा थप रुटमा पनि सेवा सञ्चालन गरिने छ उनले भने सञ्चालनका लागि नै कठिनाई आएमा १५ दिनको परिक्षण पछि बन्द गरिने बताए । अहिले साझँ सम्म मात्रै बस चल्दै आएको बताउदै नगरबसको समय बढाएर राती ९ बजेसम्म सञ्चालन हुने बताए । यातायात ब्यवस्था समितिले कार्यदल गठन गरि सम्भाव्यता खोजेको थियो ।

सुझावका आधारमा तत्कालको लागि दुई वटा रुटमा राती ९ बजेसम्म नगरबस सञ्चालन गर्न सिफारिस गरिएको थियो ।अहिले हल्लनचोक सभागृहचोक, महेन्द्रपुल हुदै काँहुखोला सम्म र फेवाताल देखि विरौटा पृथ्वीचोक हुदै केआईसिंह पुल सम्मको रुटमा राती ९ बजेसम्म बस सञ्चालन हुनेछ ।

दुईवटा रुटमा बस व्यवसायी समितिका ८ वटा बस सञ्चालन हुने छन् । पहिलो रुटमा हल्लनचोक, बाराही चोक, राष्ट्रबैंक चोक, बिरौटा, एयरपोर्ट, लखनचोक, भिमसेनचोक, नदिपुर हुँदै बगर सम्म चल्ने छ । त्यसै गरि दोस्रो रुटमा जिरो कि.मी., सृजनाचोक, सभागृहचोक, चिप्लेढुंगा, लखनचोक, गण्डकी हस्पिटल, माटेपानी हुँदै काहूँखोला जाने रुट तय भएको छ ।

त्यसले गर्दा कार्यालयबाट फर्किए पछि पनि किनमेल गर्न सक्ने बताए । यातायात ब्यवस्था समितिले जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकिय अधिकृत अनिल शाहीको संयोजकत्वमा समिति गठन भएको थियो । “विस्तारित सन्ध्याकालिन बस सेवा” को पोखरा लेखनाथ महानगरपालिकाका मेयर मान वहादुर जि.सी र प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले सुरु गर्ने कार्यक्रम रहेको छ ।