पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माण कार्य सुरु


पोखरा – बहुप्रतिक्षित पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल शिलान्यास भएको करिव १५ महिनापछि निर्माण कार्य सुरु भएको छ । निर्माण कार्यको औपचारीक सुरुवात शुभारम्भ संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीतेन्द्र देवले बुधबार एक कार्यक्रमका गरे । मन्त्री देवसंगै पोखरा विमानस्थल उच्चस्तरीय सहयोग समितिका संयोजक रविन्द्र अधिकरी, कानुन न्याय तथा ससदीय ब्यवस्थामन्त्री यज्ञबहदुर थापा, नेपाल नागरिक उडड्यन प्राधिकरणका कार्यकारी निर्देशक संजिव गौतम सहितको उपस्थितिमा निर्माण कार्यको सुभारम्भ गरिएको हो ।

पर्यटन, नागरिरक उडड्यनमन्त्री जीतेन्द्र देवले राष्ट्रिय गौरवका आयोजना समयमै पुरा गर्न स्थानिय जनताको सहयोग आवश्यक हुने बताए । पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माण उच्चस्तरीय सहयोग समितिको बैठकमा बोल्दै स्थानियस्तरमा समझदारी नहुदाँ सम्म आयोजनाको काम नहुने बताएका हुन् । ‘स्थानिय जनताको सहयोग र समर्थन नहुदाँ सम्म गौरवका आयोजना समयमै पुरा हुनसक्दैन्, त्यसैले स्थानियको प्रत्यक्ष सहभागीता आवश्यक छ ।’

उनले पोखरा विमानस्थलले विकास र समृद्धिका लागी र्दुगामी प्रभाव पार्ने बताउदै कोसेढुङगा सावित हुने बताए । विमानस्थल निर्माणसंगै विकास र समृद्धिको बाटोमा प्रदेश नम्वर चार अगाडी बढने बताउदै विमानस्थल निर्माणसंगै अन्य पूर्वाधारमा समेत जोड दिइने उनको भनाई थियो ।

विमानस्थल निर्माणसंगै, सडक सञ्जाल, होटल सुविधाहरु र अन्य आवश्यक पूर्वाधारमा ध्यान दिनुपर्छ उनको भनाई थियो । कानुन न्याय तथा संसदीय ब्यवस्थामन्त्री यज्ञबहादुर थापाले पोखरेलीको एउर्टै एजेण्डा विमानस्थल निर्माण भएको बताउदै निर्माण कार्यको सुरुवातसंगै पोखरेलीको ४२ वर्ष लामो सपना पुरा हुने बताए । ‘पोखरेलीको एउटै एजेण्डा विमानस्थल हो, त्यसलाई समयमै पुरा गर्नुपर्छ,उहाँले भन्नुभयो‘सरकारका तर्फबाट आवश्यक सहयोगका लागी पहल गर्ने छु ।’

नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक संजिव गौतमले ४२ वर्ष लामो प्रतिक्षापछि विमानस्थल निर्माणको चरणमा प्रवेश गरेको भन्दै चार वर्षभित्रै विमानस्थल निर्माण गर्ने बताए। ‘चार वर्षभित्र निर्माण गरेर दिन्छौ ।’