ल हेरौ आजका दैनिक पत्रिकाको फ्रन्टपेज


काठमाडौं – सर्वोच्च अदालतले भरतपुर महानगरपालिका वडा नं. १९ मा पुनः मतदान गर्न दिएको आदेशलाई आज सबैजसो दैनिक पत्रिकाहरुले पहिलो पृष्ठमा छापेका छन् । आदेशपछिका विभिन्न क्रिया–प्रतिक्रियालाई पनि पत्रपत्रिकाहरुले स्थान दिएका छन् ।

भूकम्पपछिको पुनर्निर्माणले गति लिन नसक्दा नवनिर्वाचित स्थानीय तहका पदाधिकारी टहरामै बस्न बाध्य भएको खबर पनि आजका पत्रिकामा पढ्न सकिन्छ ।

 

प्रधानमन्त्रीले खाल्डा पुर्न दिएको निर्देशन अलपत्र परेको, आयल निगमले जग्गा खरिदमा बेइमानी गरेकोलगायत खबर आजका पत्रपत्रिकामा छन् ।