बार्सिलोना/ गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको ईतिहासमा नै पहिलो पटक चुनाव हुँदै छ। सर्बसम्मत कार्यसमिति चयन हुँदै आएको परम्परालाई तोड्दै संघ पहिलो पटक चुनावमा होमिएको हो।
संघको आईतबार हुने अधिबेशनमा नयाँ नेतृत्व चयनका लागि १ हजार ४ सय ६ जना पंजीकृत सदस्यहरुले मतदान गर्दै छन्। अध्यक्ष उपाध्यक्ष र सचिव पदका लागि मात्र चुनाव हुन लागेको हो। अन्य पदहरुमा भने यस अघि नै निर्बिरोध भईसकेका छन्।
मतदाताहरुको पूर्ण बिबरण हेर्न यहाँ क्लिक गर्नुहोस्।