निर्वाचनमा असफल भएपछि माओवादी घटक समीक्षामा जुटे


काठमाडौं – शान्तिपूर्ण प्रतिष्पर्धामा आएको माओवादीदेखि अझै क्रान्ति आवश्यक भन्दै अघि बढेका माओवादी घटकसम्म अहिले गम्भीर समीक्षामा जुटेका छन् । स्थानीय तह निर्वाचनलाई आफू अनुकूल प्रयोग गर्न नसकेपछि माओवादी घटक यसरी समीक्षामा जुटेका हुन् ।

माक्र्सवाद, लेनिनवाद र माओवादको पहिचान अब रहने कि नरहने भन्ने स्तरसम्मको बहसमा जुटेको नेताहरुले बताउन थालेका छन् । माओवादी केन्द्रमा संसद्वादी शक्तिभन्दा आफूहरु कुन अर्थमा फरक रह्यो भन्ने बहस उठ्न थालेको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

 

नेकपामा निर्वाचनले ‘प्रतिक्रियावादी शक्ति’ झन सुदृढ भएको भन्ने बहस सुरु भएको छ ।