ल हेरौ आजका दैनिक पत्रिकाको फ्रन्टपेज


काठमाडौं – १४ गते असारमा हुने स्थानीय तह दोस्रो चरणको निर्वाचनका लागि आइतबार राति १२ बजेबाट मौन अवधि सुरु भएको छ । निर्वाचन आचारसंहिताअनुसार मौन समयभित्र राजनीतिक दल तथा दलका उम्मेदवारहरु समेतलाई प्रचारप्रसारजन्य कुनै पनि किसिमका क्रियाकलाप गर्न रोक लगाइएको आजका पत्रपत्रिकाहरुले प्राथमिकताका साथ लेखेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनमा सेना परिचालन गर्न दिएको अनुमतिको खबर आजका पत्रपत्रिकामा छन् ।