महिलालाई आत्मनिर्भर बनाउन सशक्तिकरण आवश्यक


पोखरा – पोखरा लेखनाथ महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङले राजनीतिक अधिकारको आन्दोलन सफल भएकाले अव आर्थिक क्रान्तिमा जुटनुपर्नेमा जोड दिएकी छन् । अनन्त सामुदायीक सेवा समिति बिन्ध्यबासीनिले आयोजना गरेको बधाई तथा खाद्य कृर्षि सचेताना कार्यक्रमको उद्घाटन गदै उनले अव आर्थिक समृद्धिकालागी आत्मनिर्भरको बाटोमा अगाडी बढनुपर्ने बताइन् ।

‘राजनीतिक अधिकार प्राप्तिको आन्दोलन पुरा भएको अव आर्थिक क्रान्तिको बाटोमा अगाडी बढन महिलाहरु आयमुलक बन्दै स्वरोजगार बन्नुपर्छ ।’उनले महिलालाई आत्मनिर्भर बनाउन उनीहरुको सशक्तिकरण आवश्यक रहेको बताइन् । उनले पोखरालाई ग्रिन र क्लिन सिटि बनाउनुपर्ने बताउदै महानगरले त्यसको लागी फोहोर ब्यवस्थापनलाई ब्यवस्थित गर्ने बताइन् । फोहोरलाई मोहोरमा बदल्न सकिन्छ भन्दै उनले आआफनो घरमा रुख रोपेर ग्रिन सिटि बनाउने अभियानमा सहयोग गर्न आग्रह गरिन् ।

उनले पोखरामा उत्पादन हुने ३० प्रतिशत फोहोरमात्रै ब्यस्थापन हुनेगरेको र ७० प्रतिशत फोहोर ब्यवस्थापन गदै त्यसबाट विजुली उत्पादन गर्न सकिने बताइन् । कार्यक्रममा अनन्त सामुदायीक सेवा समितिका पूर्व अध्यक्ष शारदा पराजुली, पोखरा लेखनाथ महानगरपालिकाका पूर्व कार्यकारी अधिकृत दिवाकर बास्तोला, पोखरा वडान नम्वर २ का अध्यक्ष रामेश्वर मल्ल लगायतले बोलेका थिए ।

यसैवीच पोखरा लेखनाथ महागनरपालिका र कास्कीका चार गाँउपालिकाबाट निवार्चित जनप्रतिनिधिलाई शनिबार गुरुङ पर्यटन ब्यवसायी संघ पश्चिमाञ्चल, तमु संचारकर्मी संघ नेपाल तथा कास्की र तमु सांस्कृतिक प्रतिष्ठानले संयूक्त रुपमा पोखराका मेयर मानबहादुर जिसी र उपमेयर मञ्जुदेवी गुरुङ लगायत तमु जनप्रतिनिधिलाई सम्मान गरेको छ ।