ल हेरौ आजका दैनिक पत्रिकाको फ्रन्ट पेज


काठमाडौं – तीनपटक सरेर असार १४ मा पुर्याइएको स्थानीय तहको दोस्रो चरणको निर्वाचन फेरि सर्ने सम्भावना बढेको आजका पत्रपत्रिकाहरुले लेखेका छन् । आज प्रकाशित पत्रपत्रिकाहरुले राजपालाई मनाउनका लागि २ र ५ नम्बर प्रदेशको चनाव सर्ने संकेत देखिएको जनाएका छन् । प्रधानन्यायाधीशका लागि न्यायपरिषद्ले ६ जना न्यायाधीशको नाम सिफारिस गरेको विषय पनि आजका पत्रपत्रिकाहरुको प्राथमिकतामा परेको छ ।