राजाराम पौडेल,पोखरा – पर्यटकीय शहर पोखराको लेकसाइडमा द शो–केश (फेसन नाइट) २०७४ भएको छ । लेकसाइडको होटेल स्वप्न बाग सेन्टरप्वाइन्टमा भएको फेसन नाइटमा पोखरा र काठमाण्डौका १४ मोडलहरुले फेसन शो क्याट वाक गरे ।

फेसन नाइटमा मोडेलहरु सुस्मा कुँवर, सुस्मा लम्साल, सुस्मिता पुन, कृष्टिना पौडेल, रक्षा थापा, सुस्मिता श्रेष्ठ, सुमना बैदार, ओहानी श्रेष्ठ, रम्मी पुन, रोसनी विष्ट, सुप्रिया गुरुङ, अस्मिता घोताने, एलि थापा, अनुषा श्रेष्ठले विभिन्न फेसनमा क्याट वाक गरेका थिए ।

तीन सिक्वेन्समा गरिएको फेसन सो को डिजाइनरमा सोफिया, सुमोना श्रेष्ठ, विनिता बराल, पुजा थापा, सलिना रानाभाट, आशा गुरुङ, दिव्या गुरुङ, मन देवि गुरुङ, सिम्ला पुलामी, मौसमी मल्ल, कविता, सपना निरौला, संगीता कर्माचार्य, सुष्मा प्रधान र सिर्जना श्रेष्ठ थिए ।

कार्यक्रमको थप आर्कषणमा सिर्जना राई, निक्कि मगर,निश्चल पुन, गुल्मि गाइजका देवदासको प्रस्ुतती रह्यो । उद्धेश्य अनुसार कार्यक्रम सफल बनेको आयोजक शमिर कुमार सैजुले बताए । निर्धारित समय भन्दा दुईघण्टा ढिला शुरु भएका कार्यक्रम सञ्चालन गर्दै सन्जु सुनारले दर्शकको ध्यान खिचे ।






