घरेलु तथा साना उद्योगलाई प्रोत्साहन गर्नुपर्छ : मेयर मानबहादुर जिसी


पोखरा – पोखरा लेखनाथ महागनरपालिकाका मेयर मानबहादुर जिसीले घरेलु तथा साना उद्योगलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ कास्कीले आयोजना गरेको बर्धाइ तथा सम्मान कार्यक्रममा बोल्दै उनले पोखरालाई उद्यमीहरुको शहरका रुपमा विकास गर्ने गरि महानगरपालिका अगाडी बढेको बताउदै साना तथा घरेलु उद्योगलाई प्रोत्साहन गरिने बताए ।
उनले उद्योग दर्ता गर्ने तर संचालन नगर्ने परिपाटी रहेको बताउदै त्यसको अन्त्य गरिनुपर्ने बताए । यहाँ उद्योग दर्ता गर्ने तर संचालन नगर्ने र भाषण गर्ने फोरमका रुपमा मात्रै प्रयोग गर्ने परिपाटी रहेको बताउदै त्यसको अन्त्य गदै उद्यमीहरुको शहरका रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।उनले पोखराको कुन क्षेत्रमा कस्ता उद्योग संचालन गर्न सकिन्छ र कस्ता संरचना बनाउन उपयूक्त हुन्छ भन्ने बारे अध्ययन गरिने समेत बताए । मापदण्ड विपरित संरचनाहरु विगतमा भनेको भएपनि अव त्यसलाई रोक्ने समेत बताए ।


महानगरका उपमेयर मञ्जुदेवी गुरुङले आफुहरु महानगरबासीको सेवा गर्न आएको बताउदै हिजो पार्टीसंग सम्वन्धित भएपनि अव साझा जनप्रतिनिधिको रुपमा काम गर्ने बताईन । हिजो हामी एउटा पार्टीका मात्रै थियौ अव साझा जनप्रतिनिधि भएका छौ उनले भनिन् । अव पोखरा लेखनाथ महानगरपालिकालाई आर्थिक रुपमा समृद्ध बनाउदै सवै जनतालाई सुशासनको प्रत्याभुति दिलाउने गरि अगाडी बढने बताइन् । कार्यक्रममा मेयर र उपमेयरलाई नेपाल घरेलु तथा साना उद्योग महासंघ कास्कीका अध्यक्ष महाप्रसाद सुवेदीले फुल माला र सम्मानपत्रले सम्मान गरेका थिए ।
यसैवीच विरुवा वचत तथा ऋण सहकारी विरौटाले पनि नवनिवाचित जनप्रतिनिधिलाई सम्मान गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो । सम्मानमा बोल्दै मेयर मानबहादुर जिसीले पोखरालाई उत्कृष्ट महानगर बनाउन सहकारी क्षेत्रको भुमिका पनि महत्वपूर्ण रहेको बताएका छन् । उनले सहकारीले साना उद्यमीलाई प्रोत्साहन गरेर उद्यमीहरुको शहर बनाउन भुमिका खेल्न आग्रह गरे । उपमेयर मञ्जुदेवी गुरुङले सहकारीले पुँजी संकलन गरेर मात्रै नहुने बताउदै लगानी गर्नुपर्ने बताइन् । कार्यक्रम सहकारीका अध्यक्ष भेषराज बरालको अध्यक्षतामा भएको थियो भने स्वागत उपाध्यक्ष चित्रराज बरालले गरेका थिए । नवनिवाचित मेयर र उपमेयरलाई यूआरएलले पनि शनिबार सम्मान गरेको छ ।