पोखरा – गैर न्यायिक थुनामा रहेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समर्थित अखिल क्रान्तिकारीका नेता तथा कार्यकर्ता बुधबार साँझ रिहा भएका छन् ।
हाल वडा प्रहरी कार्यालय रामबजार पोखराको हिरासतमा राखिएका उनीहरुलाई गैरकानूनी थुनामा राखिएको ठहर गर्दै उच्च अदालत पोखराले तुरुन्त रिहा गर्न आदेश दिएका कारण उनीहरु रिहा भएका हुन् ।
हिरासतमुक्त रहेका विद्यार्थी नेताहरुमा अखिल (क्रान्तिकारी०का केन्दिय सदस्यद्वय मिलन राई र काजी गुरुङ, पृथ्वीनारायण क्याम्पस जिल्ला अध्यक्ष शिव क्षेत्री उपाध्यक्ष प्रवल भण्डारी, सचिव दिलबहादुर तामाङ र सदस्य सुनिल कुमाल रहेका छन् । उनीहरुसँगै गैरन्यायिक थुनामा रहेका पार्टीका साधारण सदस्य राजकुमार सुनार पनि हिरासतमुक्त भएका छन् ।
उनीहरुलाई हिरासतमुक्त गर्न उच्च अदालत पोखराका माननीय न्यायधिशद्वय दिलप्रसाद श्रेष्ठ र बालचन्द्र शर्माको संयुक्त इजलाशले आदेश दिएको थियो । पीडितका आफन्तहरुको तर्फबाट कमला कुमाल, तेज गुरुङ र कुलबहादुर राई लगायतले विप्लव नेतृत्वको कम्युनिष्ट पार्टी निकट अखिल (क्रान्तिकारी०का नेता तथा कार्यकर्ताहरुलाई गैरकानूनी तरीकाले हिरासतमा राखिएको जिकिर गर्दै गत सोमबार उच्च अदालत पोखरामा बन्दी प्रत्यक्षीकरण सम्बन्धि मुद्दा
दायर गरेका थिए । सो मुद्दामा पीडितहरुको तर्फबाट आज अधिवक्तात्रय गोबिन्द पौडेल, तिलक पराजुली र सुरेनद्र थापामगरले बहस गरेका थिए ।