बार्सिलोना/ प्रबासी नेपाली मञ्च स्पेनले जिम्मेबारी बाँडफाँड गरेको छ।चौथो अधिबेशनबाट निर्बाचित नयाँ कार्यसमितिको मंगलबार बार्सिलोनामा सम्पन्न पहिलो बैठकले जिम्मेबारी बाँडफाँड गरेको हो।
मञ्चले संगठन बिभागमा दिनेशराज रेग्मी,आर्थिकमा कृष्णराम रानाभाट, महिला तथा सास्कृतिक बिभागका लागि ऋतु ढुंगाना,युवा तथा खेलकुद बिभागमा दीपक भट्टराईलाई संयोजक तोकेको छ। यस्तै संघ सस्थाका लागि हेमन्त रानाभाट प्रचारमा लक्ष्मण शर्मा,स्कुलका लागि ओमर बहादुर गुरुङ र अनुशासन बिभागको संयोजक बल बहादुर कार्कीलाई तोकेको छ।
समस्यामा परेका नेपालीहरुको सहयोगका लागि प्रबासी नेपाली राहत कोषको स्थापना गर्ने निर्णय कार्यसमितिको पहिलो बैठकले गरेको छ। हेम शेर्पाको अध्यक्षतामा सम्पन्न बैठकले कार्यसमितिका पदाधिकारी,पूर्व अध्यक्षहरु लगायत संगठनका जिम्मेबार ब्यक्तिहरुलाई समेटेर १५ सदस्यीय सचिवालय समिति बनाउने निर्णय गरेको छ।
महासचिव दिनेशराज रेग्मीले दिएको जानकारी अनुसार आगामी तीज कार्यक्रमलाई सफल पार्न उपसमिति गठन गर्दै मञ्चले तयारी थाल्ने भएको छ।तस्बिर:-साइग्रेस