पोखरा । ध्रुवतारा क्लव रुपाकोटको संयोजनमा यति डेभलपमेन्ट बैंकको पोखरा शाखाको वित्तीय साक्षरता एवंशैक्षिक सामाग्री बितरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा रुपा गाउँ पालिका भिरचोक ६ मा पर्ने चन्द्रप्रभा माबिका कक्षा एक देखी १० सम्मका गरीब तथा जेहेन्दाहार ६४ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण तथा विद्यालयलाई खेलकुद सामाग्री प्रदान गरिएको थियो । १५ हजार भन्दा बढिको स्टेस्नरी सामाग्री हस्तानत्रण गदै बैकका तर्फबाट शाखा प्रबन्धक ईश्वर श्रेष्ठले बैंकले प्रदान गर्ने सेवा र नीति बारेमा आफ्नो धारणा राखेका थिए । उनले बैंकले सामाजिक सेवा अन्तरगत शैक्षिक सामाग्री बितरण गरेको जानकारी दिए ।
यसैगरी बैंकको वित्तिय गतिविधि र महत्व सम्बन्धमा दिपक ढुंगानाले जानकारी दिएका थिए । धुर्वतारा क्लबका अध्यक्ष प्रेमकुमार खड्काको अध्यक्षतामा संचालित कार्यक्रमको सचिव मोहमद महसिन मियाँले सन्चालन गरेका थिए ।
कार्यक्रममा भिर्चोक आमा समुहकी अध्यक्ष बालमाया गुरुङ लगायत समुहमा आवद्ध भएका मानिसहरुले फुलामाला तथा खदाले स्वागत र क्लबको नृत्य प्रस्तुत गरिएको थियो ।