विकासको लागि स्वतन्त्र उमेदवारी – ख्वाउँजु


पोखरा । सामाजिक तथा विकास निर्माण कार्यमा सक्रिय विष्णु शंकर ख्वाउँजुले वडाको समग्र विकासको लागि पोखरा लेखनाथ महानगरपालिका वडा नं. ३ को अध्यक्ष पदमा स्वतन्त्र उमेदवारी दिएको वताएका छन्।

पोले मनपा वडा नं. ३ कोपिलढुङ्गा निवासी ५६ वर्षिय ख्वाउँजु विगत ०६२ सालदेखि कोपिलढुङ्गा टोल विकास संस्थाको अध्यक्ष भई टोलवासीको सेवा गर्दै आएका छन् भने त्यत्तिकै समय वडा स्तरिय टोल विकास संस्था समन्वय समितिको अध्यक्ष भई कार्य गर्दै आएका छन्।

वडामा कुनै पनि विवाद हुँदा मध्यस्थ्यता गर्न अग्रसर हुने ख्वाउँजु वडावासी कै अनुरोधमा वडा अध्यक्षको उमेद्वारी दिएको वताउँछन्। उनि जनप्रहरी समन्वय समितिको अध्यक्ष, नेपाल सार्वजनिक सेवा कर्मचारी संघ कास्कीको अध्यक्ष, नेवाः तजिलजि दवु कास्कीका अध्यक्ष भई कार्य गरिसकेको वताउँछन् ।

नेपाली काँग्रेसबाट २०३५ सालदेखि विद्यार्थी जिवनबाट राजनिति सुरु गरेका ख्वाउँजु नेतृत्वको अदुरदर्शिताको कारण दलहरु कमजोर हुँदै गएको र आफुले नेताहरुलाई सुघ्रने मौका मिलोस् भन्दै स्वतन्त्र रुपमा अध्यक्ष पदमा उमेद्वारी दिएको वताए ।
नेपाल विद्युत प्राधिकरण नदिपुरस्थित जल विद्युत केन्द्रमा कार्यरत रहँदै पदबाट राजिनामा दिई उमेद्वारी दिएका, निर्वाचन आयोगबाट चुनाव चिन्ह ह्याट पाएका ख्वाउँजुले वडामा देखिएका विभिन्न समस्याहरुको समाधानको लागि सबै वडाबासीको साझा उमेद्बारको रुपमा आफुले महशुस गरेको वताए ।

उनले वडा अध्यक्ष पदमा जितेमा हरेक टोलको ढललाई अण्डरग्राउण्ड गर्ने, वालमन्दिर टोल विकास संस्थाभित्र पर्ने सेतीनहरमा स्ल्याब ढलान गर्ने, खानेपानी पाईको क्षमता विस्तार गर्ने, एलपि ग्यासको तिन महिनाको लागि पुग्ने भण्डारण गर्ने, विद्यालयमा सिप मुलक शिक्षा अनिवार्य गर्ने तथा वालवालिका एवं महिला हिंसा विरुद्ध प्रतिकात्मक एवं आकस्मिक विपद् व्यवस्थापनका निमित्त स्वयंसेवक उत्पादनका लागि प्रत्येक विद्यालयमा अनिवार्य रुपमा मार्सल आर्टको शिक्षा प्रदान गर्ने जस्ता महत्वकांक्षी योजना आफुले लागु गर्ने वताए ।

नेपाली काँग्रेसबाट २०३५ सालदेखि विद्यार्थी जिवनबाट राजनिति सुरु गरेका ख्वाउँजु वडा नं. ३ बाट नेपाली काँग्रेसबाट रविनबहादुर प्रजु, नेकपा एमालेबाट शशिधर पराजुली, माओवादी केन्द्रबाट सनकमान सिके, राप्रपाबाट मोतीमान शाक्यले अध्यक्ष पदमा उमेद्वारी दिएका छन्।