काठमाडौं – प्रमुख राजनीतिक दलहरुले स्थानीय तह निर्वाचनमा विभिन्न स्थानमा तालमेल गरेका छन् । निर्वाचन आयोगले बिहीबार साँझसम्म उम्मेदवारी लिन दिएकबो समयसीमा उपयोग गर्दै दलहरु निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न तालमेलमा जुटेको आजका पत्रपत्रिकाहरुले लेखेका छन् । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग प्रस्ताव सभामुखले अगाडि बढाउन लागेको खबर पनि आजका पत्रपत्रिकाहरुले छापेका छन् ।