काठमाडौं – एकीकृत पार्टी अध्यक्ष को हुने भन्ने बिषयमा सहमति जुट्न नसकेपछि संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीचको एकता तत्कालका लागि भाँडिएको खबर छ ।
स्रोतका अनुसार बैशाख पहिलो साचाभित्रै दुई पार्टीबीच एकीकरण गर्ने तयारी भएको थियो ।
एकतापछि पार्टीको नेतृत्व कसले गर्ने भन्ने बिषयबाहेक अन्य बिषयमा करिबकरिब सहमति जुटिसकेको थियो ।
तर अध्यक्षको बिषयमा भने सहमति जुट्न सकेन ।
स्रोतका अनुसार एकता वार्तामा फोरम नेपालका दोस्रो तहका नेताले अध्यक्षमा उपेन्द्र यादव नै हुनुपर्ने र बाबुराम भट्टराईलाई दोस्रो तहको रुपमा स्वीकार गर्न सकिने बताएका थिए ।
नयाँ शक्तिका नेताहरुले भने पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराई पहिलो स्थानमा हुनुपर्ने अडान राखेका थिए । आजको नागरिक दैनिकमा खबर छ ।