ल हेरौ आजका दैनिक पत्रिकको फ्रन्टपेज


काठमाडौं । बुधबार प्रकाशित सबैजसो राष्ट्रिय दैनिक पत्रिकाहरुले नेपाल उद्योग वाणिज्य महासंघले नयाँ नेतृत्व पाएको खबरलाई प्राथमिकताका साथ छापेका छन् । पत्रपत्रिकाहरुले संविधान संशोधनका लागि नयाँ प्रस्ताव दर्ता भएको विषयलाई पनि उत्तिकै महत्त्वका साथ लेखेका छन् ।

नयाँ पत्रिका दैनिकले कांग्रेसको उपसभापति दाबी गरिरहेका खुमबहादुर खड्कालगायतले अब राजनीति गर्न नपाउने विषयलाई मूल खबर बनाएको छ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा विजयी भएको अर्को खबर पनि नयाँ पत्रिका दैनिकमा छ ।

अन्नपूर्ण पोस्ट दैनिकले ‘गोल्छाको जित’ शीर्षक दिएर मुख्य खबर लेखेको छ । व्यवस्थापिका संसद्मा संविधान संशोधनको नयाँ प्रस्ताव दर्ता भएको विषयलाई पनि अन्नपूर्ण पोस्टले पहिलो पृष्ठमा स्थान दिएको छ ।

कान्तिपुर दैनिकले संविधान संशोधनका लागि सरकारले नयाँ संशोधन विधेयक दर्ता गरे पनि मधेसी मोर्चाले अझै नमानेको जनाएको छ ।

नागरिक दैनिकले प्रधानमन्त्री प्रचण्डले बी एन्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन चर्को दबाब दिएको खबर छापेको छ ।
गोरखापत्र दैनिकले ‘संशोधन विधेयक सहमतिमा पारित हुन्छ’ शीर्षक दिएर मूल खबर लेखेको छ ।

5
1
4
2
3