बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालबीचको एकता प्रक्रिया अन्तिम चरणमा पुगेको छ। आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।
स्थानीय निकायको निर्वाचनअघि नै एकताको घोषणा गर्ने तयारी भइरहेको जनाइएको छ ।
नयाँ शक्तिका तर्फबाट वार्ता समितिका संयोजक रामचन्द्र झाका अनुसार एकता प्रक्रिया अन्तिम चरणमा पुगेको छ । ‘एकीकरणका लागि सबै कुराहरू मिलेका छन्। सामान्य कुराहरू बाँकी छन्। चैत मसान्त भित्रै बाँकी कुराहरू मिल्नेछ। वैशाख १ गते वा पहिलो साता नै एकताको घोषणा हुन्छ,’ उनले भने।
एकता पछि पार्टीको संरचना र पदीय जिम्मेवारीमन विषयमा छलफल जारी रहेको झाले बताए।