कृष्ण रानाभाट/पोखरा । कास्कीको माछापुच्छ्रे गाउँ पालिका वडा नं. ३ मा रहेको रमणिय सुन्दर गाउँ हेम्जाकोटमा होम स्टे संचालन भएदेखि देशीविदेशी पर्यटकको घुँईचो लाग्न थालेको छ ।
गत शुक्रबार छिमेकी देश चिन, युरोपियन देशहरु जर्मन, अष्ट्रीया लगाएतका ३० भन्दाबढि विदेशी पर्यटक एकै पटक सो गाँउमा आएको हेम्जाकोट होमस्टेकी सदस्य उमा गुरुङले वताईन् ।
नेपाली र विदेशी पर्यटकको रोजाईको केन्द्र बन्दै गएको सो होम स्टेको प्रर्वद्धन सन् २०१५÷१६ मा गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ)ले गन्तव्य गाउँ घोषणा गरेको भिटोफ नेपालका केन्द्रिय महासचिव राजकुमार थापाले वताए ।
घोषणा गरे पछि पहिलेको तुलनामा धेरै पर्यटक आउन थालेको भिटोफ कास्कीका अध्यक्ष तारानाथ पहारीले बताए । पोखराको लेक साईडमा होटल संचालन गर्दै आएका पहारीले आफ्ना पाहुनाहरुलाई पनि उक्त होम स्टेमा वासवस्नको लागि सिफारिस गर्दै आएको वताए ।
पोखरादेखी मात्र एक घण्टाको दुरीमा रहेको मनोरम दृष्यावलोकन गर्न सकिने र हिमालको काखमा रहेको हेम्जाकोट होम स्टेमा पोखरा आसपासका स्थानिय तथा पोखरा घुम्न आउने पर्यटक पनि आउन थालेको होमस्टेका अध्यक्ष ईश्वर गुरुङले वताए।
पछिल्लो समयमा नेपाल पर्यटन वोर्डले गाउँ पर्यटनको प्रवद्र्धन गर्दै आएको छ । त्यसको फलस्वरुप यहि चैत्र २५ र २६ गते पर्यटन वोर्ड पोखराको कार्यलय परिसरमा होमस्टे कार्यशाला एवं विज्ञसंग अन्तरकृया कार्यक्रम गरी होमस्टेहरुको प्रचार प्रसार गर्ने सुर्वण अवसर प्राप्त भएको भिटोफ कास्कीका सचिव रविन्द्रराज पौडेल वताए ।