बेल्जियम/ नेपाल पत्रकार महासंघ युरोप शाखाले गरेको निर्णय प्रति पत्रकार महासंघ युके पनि ऎक्यबद्दता जनाएको छ। नेपाली जनसम्पर्क समिति बेल्जियमका गतिबिधिहरुलाई समाचारमा समाबेश नगर्ने युरोप शाखाको निर्णय प्रति युके शाखाले पनि ऎक्यबद्दता जनाएको हो। यो निर्णयसँगै माफि नमागे सम्म बेल्जियम काँग्रेसका गतिविधिलाई युरोप शाखाले जस्तै युके शाखाले पनि बहिष्कार गर्ने भएको छ।
जनसम्पर्क समिति बेल्जियमको अधिबेशनमा पत्रकार माथि भएको अपमान र दुर्व्यवारलाई लिएर नेपाल पत्रकार महासंघ युरोप शाखाले आवाज उठाउँदै आएको छ। यस घटना प्रति युके शाखाले पनि गम्भिर ध्यानआकार्षण जनाएको छ। अध्यक्ष नरेश खपाङ्गीमगर द्वारा जारी बिज्ञप्तिमा जनसम्पर्क समिति स्पेन र बेल्जियमको अधिबेशनका क्रममा मतगणनाका बारेमा सूचना नदिइएको तथा पत्रकारलाई प्रबेश नदिईएको प्रति युके शाखाले गम्भिर ध्यानकार्षण भएको जनाएको छ। पत्रकारहरुलाई निर्बाध समाचार संकलनको बाताबरण बनाउँन सबै नेपाली संघ सस्थालाई आग्रह गदै युरोप शाखाको गरेको निर्णय प्रति युके शाखाले पनि पूर्ण रुपमा ऎक्यबद्दता जनाएको छ।
घटना पछि पनि तत्कालिन निर्बाचन समिति तथा जनसम्पर्क समितिबाट माफी माग्नुको सट्टा मतगणना स्थलमा तोकिएका ब्यक्ति बाहेक सबैलाइ निषेधित गरिएको र भीड नियन्त्रणको क्रममा पत्रकार पनि परेको भन्दै प्रतिक्रिया आए पछि महासंघले आत्माआलोचना गर्नको लागि दबाब दिदै आएको छ।
निर्बाचन समिति,उमेद्वार लगायत गैर काँग्रेसीहरुलाई समेत प्रबेश दिईएको मतगणना स्थलमा पर्यबेक्षणक लागि गएका युरोप शाखाका अध्यक्ष लगायतका पत्रकारलाई रोक्नुलाई सिङ्गो शाखा माथि कै अपमान भएको ठहर गर्दै उचित सुनुवाई नभए महासंघ अझै कडा रुपमा प्रस्तुत हुने संकेत देखाएको छ।
नेपाली जनसम्पर्क समिति बेल्जियमको मार्च १३ तारिख सोमबार मतगणना जारी रहँदा महासंघ अध्यक्ष केजिन राई र पत्रकार डिल्लीराम अमाईलाई निर्बाचन समिती संयोजक इन्द्र क्षेत्री र सदस्य सचिब झलक केसीले प्रबेशमा रोक लगाउँदै अपमानित गरेको घटना प्रति पनि महासंघले यसअघि नै बिज्ञप्ति जारी गर्दै ध्यानआकर्षण गराएको थियो।
अध्यक्ष प्रत्यासीले माफी मागे:-
यसै बीच नेपाली जनसम्पर्क समिति बेल्जियमको चौथो अधिबेशनका लागि अध्यक्ष प्रत्यासी बनेका माधव सापकोटाले पत्रकार माथि भएको दुर्व्यबार प्रति माफी मागेका छन्। निर्बाचित नयाँ कार्यसमिति घटना प्रति मौन बसेको बेला अध्यक्षका प्रत्यासी सापकोटाले भने, काम गर्दै जाँदा गल्ति हुने भन्दै आँफू संस्थाको बफदार सिपाई रहेको भन्दै सँस्थाको तर्फबाट माफी मागेका हुन्।
निर्बाचनका खसेको मतको झन्डै आधा भन्दा केहि मत मात्र कम ल्याएका सापकोटाले भनेका छन् “मिडियाकर्मिलाई चुनाबको मत परिणाम प्रयबेक्षण वा पारदर्शिताको अनुगमन,निगरानी,खबरदारी र समालोचनात्मक टिप्पणी सहित संगठनको गरिमालाई ख्याल राख्दै प्रश्न उठाउने, पूर्ण हक पार्टी बिधानले नै सुनिश्चित गरेको छ । त्यसैले मिडिया,हाम्रा मतदाता,कार्यकर्ता र शुभचिन्तकहरु प्रति कुनै दम्भ वा अहमता प्रकट गर्नु अशोभनिय हो जस्तो मलाई लागेको छ “
सापकोटाले नयाँ कार्यसमिति प्रति इंकित गर्दै जितको उन्मादले आफ्ना गल्ती, आवेग ,आक्रोस र असहज अवस्थालाई बिर्सनु दु:खद पक्ष भएको भन्दै सापकोटाले टिप्पणी समते गरेका छन्। उनले लेखेका छन् “पत्रकारलाई औपचारिक आमन्त्रण गरी सम्मान पुर्वक पर्यबेक्षण गर्न गर्न बोलाइनु नियम संगत तर्क हो र निर्वाचन मण्डलबाट हतारमा त्रुटी देखियो र मत गणनास्थलमा प्रवेश समेत नदिएको भन्ने कुराले सबैलाई दुखी बनाउनु स्वाभाबिक नै हो तर यो संगठनको नियत होईन,यसैले व्यक्तिगत आवेग सम्झी,जिम्मेवारी पूर्वक आफ्नो निर्णयमा पुनर्बिचार गरि दिनुहुन पत्रकार महासंघ युरोप शाखालाई बिनम्र आग्रह गर्दछु ।”
यसैबीच पत्रकार महासंघ युरोप शाखाले घटना बारे अझै पनि जनसम्पर्क समिति बेल्जियम मौन रहेमा ,अर्को बैठक बस्ने तयारी गर्दैछ। सो समय सम्ममा पनि कुनै सुनुवाई नभए, सिमित अबधि तोकेर नै समितिलाई बहिष्कारको निर्णयसम्म पुग्ने देखिएको छ। यो बारे केन्द्र तथा विदेश स्थित शाखालाई समेत पत्रचार गर्ने युरोप शाखाले तयारी थालेको छ।